दफा ५३
संक्षिप्त कार्यविधि अपनाउने
यस ऐन अन्तर्गत दायर भएको दफा ४२ को खण्ड (ख) र (ग) बमोजिम सजाय हुने मुद्दा बाहेकका अन्य मुद्दाको कारबाही र किनारा गर्दा संक्षिप्त कार्यविधि ऐन, २०२८ बमोजिमको कार्यविधि अपनाउनु पर्नेछ।